ग्रिल तथा स्टिल व्यवसाय महासंघ लुम्बिनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न



ग्रिल तथा स्टिल व्यवसाय महासंघ लुम्बिनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

देउखुरी २४ माघ । ग्रिल तथा स्टिल व्यवसाय महासंघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज शनिबार दाङ—देउखुरीको लमहीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः असोक बर्मा कै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्य समितीको उपाध्यक्षहरुमा हस्तबहादुर सुनार, दिलबहादुर सुनार, ओमबहादुर वली, चेतनारायण गैरै, महासचिवमा आतिषकिरण विक, सह—सचिवमा राधिका भण्डारी, कोषाध्यक्षमा सुर्यबहादुर ढुङ्गाना, सह—कोषाध्यक्षमा शान्ता सुवेदी रहनु भएको छ ।

त्यसैगरी नवनिर्वाचित सदस्यहरुमा दिपक जिसी, बाबुराम गैरै, इश्वर भण्डारी, बलराम मरासिनी, रामहरि भुसाल, विश्वनाथ पाण्डे, धनबहादुर बस्नेत, इश्वरीप्रसाद खनाल, जगबहादुर वली र चन्द्रबहादुर चौधरी रहेका छन् । जसमा १ उपाध्यक्ष र १ सचिव रिक्त राखएिको छ । निर्वाचित समितीको बैठकले क्षेत्रगत भुगोल मिलाएर मनोनित गर्ने बताइएको छ ।

नवनिर्वाचित कार्य समितीका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितीका संयोजक महेन्द्र भुसालले पद तथा गोपिनियताको सपथ ग्रहण समेत गराउनु भएको थियो । महासंघ लुम्बिनी प्रदेश समितीले यस अघि बसेको अन्तिम बैठकले महेन्द्र भुसालको संयोजकत्वमा सदस्यहरु शशी उपाध्याय र बिजय शंकर बिके रहेको निर्वाचन समिती गठन गरी निर्वाचन प्रकृया अगाडी बढाउन जिम्मेवारी तोकेको थियो ।

सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष बर्माले ग्रिल तथा स्टल उद्योगमा काम गर्ने मजदुरहरुका लागि बिशेष छुटमा उपचारको व्यवस्था मिलाउने र थप सिप र क्षमता विकासका लागि अन्तराष्ट्रिय क्षेत्रको अध्ययन अवलोकन भ्रमण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उहाँले ग्रिल व्यवसायहरु एक ढिक्का हुन आवश्यक रहेको बताए । अध्यक्ष बर्माले ग्रिल व्यवसायहरु बीच अस्वस्थ प्रतिस्पर्धालाई तत्काल हटाई व्यवसायिक हकहितका लागि कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष असोक बर्माको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन उद्धाटनमा महासंघ कै लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र भुसाल, महासंघ कै दाङ जिल्ला अध्यक्ष दिपक केसी, अर्घाखाँची जिल्ला अध्यक्ष रामहरि भुसाल, रूपन्देही अध्यक्ष सन्तोष कँवर, नबलपरासी पश्चिम अध्यक्ष टुकबहादुर गुरूङ्ग, कपिलबस्तु अध्यक्ष कुलबहादुर सोमई, गुल्मी अध्यक्ष युबराज दर्लामी, बाँके अध्यक्ष जनक पहराई, बर्दिया अध्यक्ष सर्जुराम थारू र प्यूठान अध्यक्ष कृष्ण गिरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष ओम वलीको स्वागत मन्तव्यबाट शुरू भएको साधारणसभा तथा अधिवेशन उद्धाटन कार्यक्रमको सञ्चालन महासंघका लुम्बिनी प्रदेश महासचिव रामप्रसाद पाण्डेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे