प्यूठानको सरस्वती मावि बाङ्गेसालको ४४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
देउखुरी २४ माघ । प्यूठानको सरूमारानी गाउँपालिका–१, बाङ्गेसाल स्थित सरस्वती माध्यमिक विद्यालयको ४४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार विद्यालय परिसर बाङ्गेसालमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दधिराम भण्डारीको अध्यक्षता एवम् सरूमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष खड्काले संस्कार सहितको शिक्षा आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय नयाँ पुस्ताहरूमा अनुशासन र संस्कार हराउँदै गएको भन्दै अबको आवश्यकता संस्कार सहितको शिक्षा भएको बताइन् । उनले विद्यालय र घर परिवारमा समेत विद्यार्थीहरूलाई संस्कार सिकाउन जरूरी रहेको बताइन् । उपाध्यक्ष खड्काले परिवार र विद्यालयमा संस्कार नसिकाउने हो भने, सभ्य समाजको परिकल्पना गर्न कठिन हुने तर्क समेत गरिन् ।

विद्यालयका सहायक प्रधानध्यापक शान्तराज बिसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक भक्तबहादुर मर्साङ्गीले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सत्य माध्यमिक विद्यालय ददेरीका प्रधानध्यापक नारायण पौडेल, सरूमारानी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मोती केसी, पूर्व प्रधानध्यापक द्रोण अधिकारी र अक्षयकोषदाता जमिर शाहा लगायचका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा शैक्षिक सत्र २०८१ को परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरूमा कक्षा ८ तर्फ पालिका प्रथम सुचना राउत, सामुदायिक विद्यालय तर्फ पालिका दोस्रो रजनी खातुन, पालिका तेस्रो काव्य ज्ञवाली, एसईईमा पालिका प्रथम यादव सौमै, कक्षा १२ मा पालिका प्रथम सावित्रा सुनार, विद्यार्थी अनुशासन छात्रा तर्फ कक्षा १२ की एलिजा खातुन, छात्र तर्फ कक्षा ६ का गगन राना प्राबिधिक धारका विद्यार्थी बन्दना विष्टलाई फुलमाला, टीका र सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट अभिभावक तर्फ फुलमाया सुनार र सुमित्रा राउतलाई समेत सम्मान गरिएको छ । यस्तै विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिकाहरूलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुने शिक्षक शिक्षिकाहरूमम सबै भन्दा कम विद्या भएको टोपाराम पोख्रेल, पढ्दै कमाउँदै तर्फ मेलिना केसी, उत्कृष्ट शिक्षक शिबराज बिक, घमानसिंह खड्का, पुष्पा शर्मा, कर्मचारी तर्फ भिमबहादुुर राउतलाई सम्मान गरिएको थियो । उहाँहरूलाई टीका, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यस्तै बार्षिक उत्सव समरोहमा विभिन्न अक्षयकोष मार्फत विभिन्न विद्यार्थीहरूलाई पुरूस्कृत गरिएको छ । यसरी पुरूस्कृत हुनेहरूमा भुरेय विज्ञान अक्षयकोषबाट कक्षा १० मा विज्ञान बिषयमा उत्कृष्ट छात्र तर्फ यादब सोमै मगर, सोही कक्षा कै छात्रा सरस्वती राना मगर, कक्षा ८ की उत्कृष्ट छात्रा काव्या ज्ञवाली पुरूस्कृति हुनु भएको छ ।

त्यस्तै भूपु विद्यार्थी कल्याण कोषबाट कक्षा ८ प्रथम सुचना रावत, दलित तथा जनजाति प्रथम रेखा मर्साङ्गी र छात्र तर्फ कुमार सुनार रहनु भएको छ । यस्तै हाँजी अस सौकत जेहेनदार छात्रबृत्ति अक्षयकोषबाट कक्षा १२ मा पालिका प्रथम सावित्रा सुनार, कक्षा १२ कै मुस्लिम तर्फ प्रथम सनिप उल्ला अलि, कक्षा ५ प्रथम कल्सुम खातुन र कक्षा ५ मा अन्य समुदायबाट प्रथम वर्षा परियारलाई पुरूस्कृत गरिएको छ ।
वि.सं. २०३९ सालमा माविको स्वीकृत भई सञ्चालन भईरहेको यसमा हाल नर्सरी देखि कक्षा १२ सम्म नेपाली र अग्रेजी माध्यमबाट पठाई हुनुका साथै साधारण र प्राबिधिक धारका कक्षाहरू सञ्चालन भईरहेका छन् । हाल विद्यालयमा १ हजार १ सय ४९ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । जसमा छात्रा ६ सय ११ जना र छात्र ५ सय ३८ जना रहेको विद्यालयले जनाएको छ । जसमा करिब १२ सय विद्यार्थीहरू प्राविधिक धार तर्फ अध्ययन गर्दै आईरहेको विद्यालयले जनाएको छ । बार्षिक उत्सव कार्यक्रमको सञ्चालन सहायक प्रधानध्यापक ऋषिराम आचार्यले गरेका थिए ।










