पत्रकारलाई प्रविधिमा सशक्त बनाउँदै चौतारीको निर्वाचन सिकाइ कार्यशाला



पत्रकारलाई प्रविधिमा सशक्त बनाउँदै चौतारीको निर्वाचन सिकाइ कार्यशाला
भालुवाङ २१ माघ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले प्रविधिको प्रभावकारी प्रयोगमार्फत नेकपा (एमाले) का उम्मेदवारलाई विजयी गराउने उद्देश्यले चौतारीमा आबद्ध पत्रकारहरूका लागि प्रविधिमैत्री निर्वाचन : सिकाइ कार्यशाला सम्पन्न गरेको छ ।
बुधबार सिटगंगा नगरपालिका–८ सातमारा, अर्घाखाँचीमा आयोजित कार्यशालामा लुम्बिनी प्रदेशका १० जिल्लाबाट सहभागी पत्रकारहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रविधिको अत्यधिक प्रयोगसम्बन्धी प्रशिक्षण दिइएको हो । कार्यक्रम प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा चौतारीका सूचना प्रविधि विभाग अध्यक्ष अस्गर अलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यशालामा एमालेका सम्पूर्ण उम्मेदवारलाई विजय गराउन पत्रकारहरूले प्रविधिलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन् भन्ने विषयमा छलफल तथा अभ्यास गरिएको बताइएको छ । तालिममा उम्मेदवारका लागि पोस्टर डिजाइन, अडियो–भिडियो सामग्री उत्पादन, सामाजिक सञ्जालका लागि प्रभावकारी टेक्स लेखनलगायत विषयमा व्यावहारिक सिकाइ गराइएको थियो । तालिमका प्रशिक्षक अजय शर्माले डिजिटल माध्यमको सदुपयोग गर्दै निर्वाचन प्रचारलाई अझ प्रभावकारी बनाउन सकिने उपायबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष गणेश खनाल, केन्द्रीय सदस्य पार्वती पाण्डे, डिलप्रसाद गौतमलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको विषयवस्तुबारे जानकारी प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टीका बस्नेतले गराउका थिए भने कार्यक्रम सञ्चालन महासचिव हरि अधिकारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे