लमही महोत्सवमा गायक बद्री पंगेनीले बुढी आमाहरुलाई रुवाए अनि नचाए



लमही महोत्सवमा गायक बद्री पंगेनीले बुढी आमाहरुलाई रुवाए अनि नचाए

भालुवाङ १९ माघ । दाङको लमहीमा सञ्चालन भइरहेको तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारिक लमही महोत्सवको सोमबार बाह्रौं दिन गायक बद्री पंगेनीले बुढा आमाहरूलाई रूवाएका छन् ।

स्टेज चढेका गायक पंगेनीले सुरूमै बाध्य भइयो परदेशमा छिर्न, मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउँदिन अहिलेको सालमा पनि घरमा आउँदिन” भन्ने बोलको गीत गाउन के शुरू गरेका थिए महोत्सव स्थल स्तब्ध मात्र भएन बुढाबुढीहरु रुन थालेका हुन् । स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा गत माघ ७ गते देखि दाङको लमहीमा सञ्चालित लमही महोत्सव २०८२ को बाह्रौं दिन महोत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगेनीले गीत गाउँदै गर्दा महोत्सवस्थल पुरै स्तब्ध मात्र बनेन पुरै महोत्सवमा सहभागी कोही सुक्क सुक्क रुदै थिए भने कोही आँसु पुछ्दै थिए ।

गायक पङ्गेनीको गीतमा मेला हेर्न आएका अधिकांश वृद्धा आमाहरु र युवा युवतीहरु भावुक बने । पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदीर्घामा पुगे र आमाहरुको माझमा गएर गीत गाउन थाले ।

मेलामा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनायो । गायक पङ्गेनीले गीत गाउँदै आमाहरूको आर्शिवाद लिएर विदेशीएका छोराहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिरहँदा आमाहरुले त आँशु बरबरी झारिरहेका थिए । शुरूवाती मै गायक पङ्गेनीले नेपाली युवाले विदेशीभूमिमा भोगेको पिडादायिक गीत गाउँदा सिङ्गो महोत्सव नै स्तब्ध बन्न पुग्यो । त्यसपछि भने गायक पङ्गेनीले महोत्सवलाई रोदनबाट रमाईलो तर्फ बद्ले अनि उनले दर्शक माझमै गएर पानी सलल, पानी चलेन, कान्छी ओइ कान्छी, रातो पछयौरी, ससुरालीमा लगायतका मनोरञ्जनात्मक गीत समेत प्रस्तुत गरेका थिए । ती गीतमा भने युवायुवतीहरूले महोत्सवस्थल नै धुलाम्मे हुने गरी हुटिङ्ग गर्दै छमछमी नाचे ।

यस्तै महोत्सवमा थारू गायिका सोनी कुश्मीले पनि आफ्ना गित मार्फत दर्शकहरूलाई भरपूर्ण मनोरञ्जन दिइन् । भने गायिका तथा उद्घोषिका मञ्जु पौडेलले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन् । गायिका पौडेलले पनि एकपछि अर्को गीत प्रस्तुत गर्दा महोत्सवस्थलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो । महोत्सवमा उद्घोषको रुपमा रहेका अनुप बुढाले पनि आफ्ना गीत मार्फत दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै डान्सरहरू सुस्मिता कोइराला, रूवी विक लगायतका स्थानीय कलाकारहरूले पनि भरपूर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ २० गते मंगलबार थारू गायक राज कुश्मी, गायिका भुमिका गिरी, मोडेल तथा डान्सर आरूसी मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । भने उद्घोषकको भुमिकामा अनुप बुढा, दिपक बर्मा, पनि रहने छन् । भने स्थानीय कलाकारहरु डान्सरहरू सुस्मिता कोइराला, रूवी विकको टिमले पनि मनोरञ्जन दिने आयोजकले बताएको छ ।

बढ्दो चोरी तथा दुर्घटनालाई मध्ये नजर गरि लमही बजारका विभिन्न क्षेत्रमा सिसि क्यामरा जडान गर्ने, पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन र कला सँस्कृतिको संरक्षण सँगै कृषि तथा उद्यम क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको छ ।महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे