जनहित युवा क्लबमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा विवेक चाैधरी



जनहित युवा क्लबमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा विवेक चाैधरी

भालुवाङ १५ माघ । दाङको राप्ती गाउँपालिका-४ माैरीघाटमा रहेको जनहित युवा क्लवमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

केही वर्ष निष्क्रिय रहेको क्लवलाई पुन क्लवका संस्थापक अध्यक्ष दयाराम चाैधरीले पुन क्रियाशील बनाएका छन् । नव गठित कार्यसमितिको अध्यक्षमा विवेक चाैधरी, उपाध्यक्षमा सरोज चौधरी, सचिवमा सुवास चौधरी, कोषाध्यक्षमा सुन्दर चौधरी रहनु भएको छ । त्यसै गरि सदस्यहरूमा अश्विन चौधरी, सुवास चौधरी, उर्मिला चौधरी, एन्जिला चौधरी र सुशील चौधरी रहेका छन् ।

वि. सं. २०३८/३९ सालमा स्थापित जनहित क्लब २०६४ सालमा जिल्ला प्रशासन कार्यालय दाङ र समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको हो । दर्ताको कार्य संस्थापक अध्यक्ष दयाराम चौधरीले गरेका थिए । सो क्लव १० वर्ष सम्म निरन्तर रूप पूर्ण सक्रियताका साथ कम्लहरी उन्मूलन, बालविवाह विरुद्धको अभियान, सडक नाटक र सांस्कृतिक कार्यक्रमहरू गर्दै आइरहेको थियो । केही वर्ष निष्क्रिय रहे पनि हाल यसलाई नवीकरण गरी पुन क्रियाशील बनाइएको छ संस्थापक अध्यक्ष चाैधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे