लमही महोत्सवको सातौं दिन : गायिका रचना रिमाल, अपेक्षा गिरी र शोभा त्रिपाठी सँग दर्शक रमाए
भालुवाङ १३ माघ । दाङको लमहीमा सञ्चालन भइरहेको तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारिक लमही महोत्सवको मंगलवार सातौं दिन पनि दर्शकहरु राष्ट्रिय स्तरका कलाकारहरु सँग भरपुर्ण मनोरञ्जन लिएका छन् ।

स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा गत माघ ७ गते देखि दाङको लमहीमा सञ्चालित लमही महोत्सव २०८२ को सातौं दिन चर्चित गायिका रचना रिमाल, गायिका तथा उद्घोषिका शोभा त्रिपाठी र गायिका अपेक्षा गिरीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका छन् । युवापुस्ता माझ निकै लोकप्रिय बनेकी गायिका रचना रिमालले ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएर दर्शकहरुलाई रिझाएकी थिइन् । उनका सवै गीतहरुमा प्रया युवाहरु झुमेका थिए । त्यस्तै कार्यक्रममा गायिका तथा उद्घोषिका शोभा त्रिपाठी र अपेक्षा गिरीले पनि विभिन्न गीत मार्फत दर्शकहरुलाई नचाएका थिए । भने कुशल कार्यक्रम सञ्चालक अनुप बुढा र उद्घोषक हरि थापाले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने डान्सरहरू सुस्मिता कोइराला, रूवी विक लगायतका स्थानीय कलाकारहरूले पनि भरपूर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ १४ गते बुधवार चर्चित गायक रमेशराज भट्टराई, थारु गायक राजेन्द्र चौधरी, गायिका विमता घर्तीमगर लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । भने उद्घोषकको भुमिकामा शोभा त्रिपाठी, अनुप बुढा, दिपक बर्मा, हरि थापा रहने छन् । भने स्थानीय कलाकारहरु डान्सरहरू सुस्मिता कोइराला, रूवी विकको टिमले पनि मनोरञ्जन दिने आयोजकले बताएको छ । बढ्दो चोरी तथा दुर्घटनालाई मध्ये नजर गरि लमही बजारका विभिन्न क्षेत्रमा सिसि क्यामरा जडान गर्ने, पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन र कला सँस्कृतिको संरक्षण सँगै कृषि तथा उद्यम क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।


