पिएम कप दाङ छनोट : फाइनलमा दाङ रातो र निलो खेल्ने



पिएम कप दाङ छनोट : फाइनलमा दाङ रातो र निलो खेल्ने

लमही १२ माघ ।  दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा लमही नगरविकास समितिको आर्थिक सहयोगमा दाङको लमही स्थित देउखुरी क्रिकेट स्टेडियममा माघ ७ गते देखि संचालन भएको प्रधानमन्त्री कप दाङ जिल्ला स्तरिय पुरुष एक दिवसिय छनोट क्रीकेट प्रतियोगिता अन्तर्गत साेमवार छैठौँ दिनको खेलमा दाङ निलोले दाङ हरियो लाई १०४ रनले पराजित गर्यो ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको दाङ निलो ले ४१.४ ओभरमा सम्पुर्ण विकेट गुमाएर १७५ रन मात्र बनायो । दाङ निलोको लागि बिरबहादुर घर्तिले ६२ रन, विजय डांगीले ३० रन , खकेन्द्र रावलले १९ रन, समिप पौडेलले १५ रन, नर्जित खड्का १३ रन बनाए । बलिङमा दाङ हरियोका लागि प्रमिश पोख्रेलले ४.४ ओभरमा १ मेडन राखि २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिनेश बोहराले ८ ओभर १ मेडन २४ रन दिएर ३ विकेट र करण जिएम २ विकेट लिए । जवाफी १७६ रनको लक्ष्य पछ्याएको दाङ हरियो ले १५.४ ओभरमा सम्पुर्ण विकेट गुमाएर मात्र ७१ रन बनायो । दाङ पहेलोको लागि दिनेश बोहराले ३० रन, प्रमिश पोख्रेल ले ८ रन र किशन भारतिले ७ रन, गोविन्द लम्सालले ७ रन बनाए ।

तेस्तै बलिङमा दाङ निलो का लागि विर बहादुर घर्तिले ३ ओभरमा १ मेडन राखेर ७ रन खर्चेर २ विकेट लिए । तेस्तै सुभम खनालले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । खेलमा अलराउन्ड प्रदर्शन गरेका दाङ निलोका बिरबहादुर घर्तीलाई देउखुरी क्रिकेटका अध्यक्ष प्रकाश जिसीले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरे । त्यस्तै उनलाई त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुल्सीपुरका अध्यक्ष युवा ब्यबसायी कमल डिसीले नगद रुपैयाँ १ हजार ५ रुपैयाँ प्रदान गरे  । त्यस्तै दाङ रातोले आइतवार नै दाङ पहेलो लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल बिहान १० बजे बाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे