सिरिनभ्याली स्कूल माैरीघाटकाे २१ औँ बार्षिक उत्सव तथा बसन्तपञ्चमी कार्यक्रम सम्पन्न



सिरिनभ्याली स्कूल माैरीघाटकाे २१ औँ बार्षिक उत्सव तथा बसन्तपञ्चमी कार्यक्रम सम्पन्न

देउखुरी ९ माघ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-४ स्थित सिरिनभ्याली पब्लिक स्कूल माैरीघाटकाे २१ औँ बार्षिक उत्सव, अक्षर आरम्भ तथा वसन्त पञ्चमी कार्यक्रम शुक्रबार स्कुल परिसर माैरीघाटमा सम्पन्न भएकाे छ ।स्कुल सञ्चालक समितीका संस्थापक सदस्य कृष्ण गिरीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका-४, नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

साे अवसरमा बाेल्दै वडा अध्यक्ष चाैधरीले शिक्षा क्षेत्र सबैकाे साझा र सराेकारकाे बिषय बन्न आवश्यक रहेकाे बताएका छन् । उनले शिक्षा क्षेत्र भित्र देखिएका समस्या राष्ट्रिय समस्या भएकाेले कुनै एउटा पालिका, कुनै एउटा जनप्रतिनिधि र कुनै एउटा स्कूलले मात्र चाहेर भने जस्ताे सुधार गर्न सक्ने अवस्था नरहेकाे बताए । वडा अध्यक्ष चाैधरीले अब शिक्षण सिकाई समयानुकुल हुन आवश्यक रहेकाे बताए ।

स्कूलका शिक्षक झबिलाल सुवेदीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले अब शिक्षा सीप, उत्पादन, उद्यमशिलता र प्रबिधिमा आधारित हुन आवश्यक रहेकाे बताए । उनले अहिलेकाे युग प्रविधि र विज्ञानकाे युग भएकाेले शिक्षा प्रणाली सुधारकाे आवश्यक रहेकाे बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, स्कूलका प्रबन्ध निर्देशक तेज बिष्ट, प्रधानध्यापक खिमबहादुर केसी, समाजसेवी दाेर्णबहादुर जिसी र अभिभावककाे तर्फबाट सन्ताेषकुमार गुप्ताले मन्तव्य व्यक्त गरेका थिए । साे अवसरमा विज्ञान प्रदर्शनी, फुष्टवेल र विभिन्न सांस्कृति प्रस्तुतिहरू समेत प्रस्तुत गरिएकाे थियाे। कार्यक्रमकाे सञ्चालन स्कूलका शिक्षकद्वय बासुदेव रिजाल र मुगेन्द्र खत्री क्षेत्रीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे