राप्ती चेम्बर अफ कमर्सद्वारा श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न
सिसहनियाँ ५ माघ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्सले सोमबार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।
राप्ती गाउँपालिका-५, लठ्ठहवा निवासी राप्ती चेम्बर अफ कमर्सका महासचिव खेमराज अर्यालका छोरा शिशिर अर्यालको निधन भएको ५ औं दिनका दिन चेम्बरले घरमै पुगि श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो । चेम्बरका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्रीको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गाैतमको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा गाैतमले मृतक शिशिर प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रमुख अतिथि गाैतमले मानव जन्मेपछि एक दिन अवश्य संसार छोडेर जानुपर्ने हुँदा शोकलाई शक्तिमा बदल्न सक्नुपर्ने बताए । कार्यक्रममा राप्ती चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासे, दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेल, सचिव गोविन्द बहादुर केसी, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, युवा चेम्बर अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराई र महिला चेम्बर अफ कमर्सका अध्यक्ष मेनुका पाैडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
मृतक शिशिरको संक्षिप्त जिवनीका विषय बुवा खेमराज अर्यालले जानकारी गराउनु भयो भने कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए । स्वर्गीय शिशिर अर्यालको माघ १ गते १६ वर्षको उमेरमा निधन भएको थियो । महासचिव अर्यालको ३ छोरी छन् भने १ वटा छोरा थिए ।

