दाङको घोराहीबाट दश केजी बढी चरेश सहित ४ जना पक्राउ
दाङ २३ पुस । रुकुम पूर्वका तीन महिला र एक पुरुष दाङको घोराही बाट दश केजी बढी चरेशसहित पक्राउ परेका छन् ।
पक्राउ परेका मध्य रुकुम पूर्वको भूमे गाउँपालिका – २ की २९ बर्षीया रुपा बुढा मगर र ३० की हासी पुन मगर छन् । उनीहरु भाडामा बस्ने घरको कोठामा फेला परेको सुटकेस भित्र लुकाएर राखेको अवस्थामा ९ किलो ६१९ ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए । दाङको घोराही उपमहानगरपालिका – १३ चौतारी टोलस्थित उनीहरु बस्ने भाडाको कोठामा खान तलासी गर्दा चरेशका साथै एक जोडी बँदेलको दारापनि बरामद भएको छ । जिल्ला अदालतले उनीहरुलाई मंगलबार सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।
सोमबार नै प्रहरीले रुकुम पूर्वको भूमे गाउँपालिका – २ घर भइ दाङको घोराही – १३ बनगाउँ चौतारी टोलमा छुट्टै घरमा कोठा भाडामा बस्दै आएकी ३४ बर्षीया बिनमाया पुन र ३९ बर्षीय दीपक पुन पक्राउ गरेको थियो । उनीहरुको कोठा खान तलासी गर्ने क्रममा ७७४ ग्राम चरेश बरामद भएको थियो । उनीहरु बस्ने कोठामा चामलको बोरा भित्र लुकाएर राखेको अवस्थामा उक्त परिमानमा चरेश बरामद भएको डिएसपी शाहले बताए । जिल्ला अदालतले उनीहरुलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न मंगलरबा अनुमति प्रदान गरेको छ । लागुऔषधको अवैध कारोबार भइ रहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले दुई वटा घरमा खान तलासी गर्दा चरेश बरामद गरेको थियो ।

