लमही बसपार्कबाट लागु औषध सहित लठ्ठहवाका रञ्जित डाँगी र सर्राका सन्दिप पहाडी पक्राउ
देउखुरी २१ पुस । दाङकाे देउखुरीमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राप्ती गाँउपालिका–५ लठ्ठहवाका २० वर्षिय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका–१२ सर्राका २३ वर्षिय सन्दिप पहाडी रहेका छन् ।
पक्राउ परेका दुवैलाई पुस १९ गते राती सवा २ बजे तिर लमही नगरपालिका–५ बसपार्कमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनीहरुको साथबाट लागुऔषध ट्रामाडोल ४२ फाइलमा ३७३ पिस क्याप्सुल बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
