नेशनल प्याब्सन दाङको बृहत् खेलकुद कार्यक्रम सुरु
दाङ १४ पुस । नेशनल प्याब्सन दाङको आयोजनामा सोमबार देखि बृहत् खेलकुद कार्यक्रम २०८२ सुरु भएको छ । तुलसीपुरको अरनिको मैदानमा खेल सुरू भएको छ ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय महासचिव प्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खेलको उद्घाटन खड्काले गरेका हुन् । खेल उद्घाटन समारोहमा बोल्दै खड्काले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभएर , व्यवहारमा रूपान्तरण हुन जरुरी रहेको बताए । उनले खेल क्षेत्रमा आर्कषण बढाउनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेसनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका बिनिल केसी, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, व्यावसायी बिनोद शर्मा, नेसनल प्याब्सनका केन्द्रिय सदस्य बिमल गौतम, नेपाल पत्रकार महासंघका दाङकी उपाध्यक्ष नारायणी रजौरे, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
खेलकुद कार्यक्रम पुस १६ गते सम्म संचालन हुने छ । प्रतियोगितामा दाङ जिल्लाबाट नेशनल प्याब्सनमा आवद्ध १६ विद्यालयको सहभागीता रहेको छ । भालिबल, एथ्लेटिक्स, तेक्वान्दो लगायतका प्रतियोगिता हुने अध्यक्ष भोजराज न्यौपानले बताए । नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरिप्रसाद भण्डारीले गरेका थिए ।

