नेकपाद्धारा दाङ क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ चौधरीकाे नाम पहिलो नं. र नवयुवाबाट साेनीकाे नाम सिफारिस
दाङ १४ पुस । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुई पटक सम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसैगरी लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् । प्रदेश सभा सदस्य इन्द्रजित थारु सिफारिस सूचीको अन्तिममा छन् । सिफारिसमा परेका अन्यमा सुदन प्रसाद खनाल, अमर कुँवर, नव युवाबाट विनोद कुमार सोनी, दीपा रोकामगर र लुमबहादुर कार्की छन् ।
त्यसै गरी दाङ क्षेत्र नम्बर २ बाट निर्मल आचार्य पहिलो नम्बरमा सिफारिसमा परेका छन् । दोस्रो नम्बरमा हेमराज शर्मा पोख्रेल (डायमण्ड) छन् । यसैगरी युवाबाट कविराज केसी, खिमबहादुर चौधरी, युवाबाटै गिरबहादुर महरा र मिना बुढा चौधरी पनि दुई नम्बर क्षेत्रबाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी रेखा शर्मा भने यसपटक सिफारिसमा परिनन् ।
क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य धनबहादुर मास्की पहिलो नम्बरमा सिफारिस भएका छन् । यसैगरी मधुकर रिजाल, पुनम शेरपाईली, अखिल क्रान्तिकारीका नेता नरेश रेग्मी, वाईसीएल अध्यक्ष पुष्प वली पनि क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन् । अन्यमा विरेन्द्र विक, विप्लव वली, गोपाल वली, हरिश गिरी पनि सिफारिस भएका छन् । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको छ ।


