सिमा सुनामले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाइन्
भालुवाङ १३ पुस । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी सिमा सुनामले आफ्नो जन्म दिन को अवसरमा एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेर मनाएकी छिन् ।
सुनामले आफ्नो ३३ औं जन्म दिनको अवसर पारेर राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक स्थित स्वर्गद्वारी प्रावि तथा गृहणी महिला आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् । दाङको राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोक निवासी रामु सुनामकी जीवन संगिनी सिमा सुनामले फेसबुकमा विभिन्न हाँस्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानीले विद्यार्थीहरूको हितमा खर्च गरेकी छिन् । सुनामले ८० जना विद्यार्थीहरूलाई १ सय ४० पिस कापी , कलम, इलेजर लगायतका सामाग्री वितरण गरेकी छन्। उनीहरू दुबैले फेसबुक रिल्स बनाउँदै आएका छन्, साथै उनीहरूले भालुवाङ ग्रिनपार्क भित्र सुन्दर सटिङ सुटिङ टेलरिङ सेन्टर समेत सञ्चालन गर्दै आएका छन् । फेसबुकमा विभिन्न हास्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानी विद्यार्थीहरूको हितमा खर्च गरेको सुनामको यो उदाहरणीय कदमले विद्यालय क्षेत्रमा खुसीयाली छाएको छ । उनले सामाजिक क्षेत्र र शिक्षामा सानै तर महत्वपूर्ण योगदान दिँदा ठूलो सन्तोष प्राप्त भएको बताइन् । आफ्नो भिडियो मार्फत मन पराइदिने दर्शककै माया र सहयोगले यो काम सम्भव भएको उनले बताइन् ।
जन्म दिनमा फजुल खर्च गर्नु भन्दा गरिव विपन्न बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने सोच बनाएर जन्म दिनको अवसर पारेर विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको सुनामले बताइन् । आर्थिक अभावका कारण शैक्षिक सामग्री अभाव झेलिरहेका विद्यार्थीहरूलाई सुनामले गरेको सहयोगले पठन–पाठनमा धेरै प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पण्डित र प्रधानाध्यापक अमिताभ आलम हलुवाईले बताए ।

विद्यार्थीहरू पनि शैक्षिक सामग्री पाउँदा निकै उत्साहित बनेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पण्डितको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा श्रीमान रामु सुनाम, ससुराबुवा खड्क बहादुर परियार, वडा सदस्य रन्जना सुनाम, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, देउखुरी टुडेका अध्यक्ष/प्रधान सम्पादक तथा हिमालय टेलिभिजनका संसदीय व्युरो सन्तोषकुमार गुप्ता, पत्रकार मोतीराम भट्टराई लगायतको विशेष उपस्थिती रहेको थियो ।

