एमाले महाधिवेशन : ओली सहित १४ जनाले पदाधिकारी जिते, केन्द्रीय सदस्य हारे



एमाले महाधिवेशन : ओली सहित १४ जनाले पदाधिकारी जिते, केन्द्रीय सदस्य हारे

काठमाडौँ ३ पुस । एमालेका १४ जना पदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिएका उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित हुन असफल भएका हुन् । एमालेको पदाधिकारीमा १९ जना निर्वाचित छन् । यसमध्ये अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनी केन्द्रीय सदस्यमा पराजित भए ।

त्यस्तै, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, राम बहादुर थापा, गोकर्ण राज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । उनीहरूमध्ये गुरुङ, विष्ट र पन्तले केन्द्रीय सदस्यमा समेत जित निकालेका छन् ।महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । तर उनी पनि केन्द्रीय सदस्यमा पराजित भए । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई हुँदा केन्द्रीय सदस्यमा योगेश मात्रै निर्वाचित भए । सचिवमा महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी र यामलाल कँडेल निर्वाचित हुँदा छविलाल मात्रै दोहोरो निर्वाचित भएका छन् ।यसरी १९ पदाधिकारीमध्ये पृथ्वी सुब्बा गुरुङ, गोकर्ण राज विष्ट, रघुजी पन्त, योगेश भट्टराई र विश्वकर्मा मात्रै निर्वाचित हुन सफल भए । राताे पाटीबाट साभार

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे