पूर्व शिक्षक तथा साहित्यकार जगतराम यादवको “मोहिनी” अवधी कथा संग्रहको बिमोचन
देउखुरी २८ मंसिर । दाङ—देउखुरीको गढवा गाउँपालिका—६ निवासी पूर्व शिक्षक तथा साहित्यकार जगतराम यादवको पाँचौ कृति “मोहिनी” अवधी कथा संग्रहको हालै बिमोचन गरिएको छ । जनता माध्यमिक विद्यालय गढवाको हालै सम्पन्न ६५ औँ बार्षिकत्सवको अवसरमा उक्त कृति बिमोचन गरिएको हो ।
उक्त कृतिको पूर्व संघीय शहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद इन्द्रजीत थारु, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणेश कुमाल, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष रेशम बिसी, गढवा ६ का वार्ड सदस्य दिनमणि आचार्य, साहित्यकार हरि पोख्रेल, विद्यालयका पूर्व अध्यक्ष युवराज पोख्रल र प्रधानध्यापक रामसुरत यादवले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

अवधी भाषामा लेखिएको “मोहिनी” अवधी कथा संग्रहका विषयमा विद्यालयका शिक्षक सुदीप किरण आचार्यले कृति र कृतिकारको बारेमा संक्षिप्तमा परिचय गराउँदै विवेचना गरे । लुम्बिनी प्रदेशको रत्नबाट बिभूषित एक साहित्यकारको परिचय बनाई सकेको यादवको यो पाँचौ कृति हो । कृतिकार स्वयं आफूले कृतिहरु प्रकाशन गर्दै जानुको उद्देश्य र मर्मका बारेमा प्रकाश पारेका थिए । बिमाेचन कार्यक्रममा अभिभावक, विद्यार्थीहरु, शिक्षक र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
यादव लामो समय जनता माध्यमिक विद्यालयको शिक्षकको जिम्मेवारी पुरा गरिसकेका छन् । उनी शिक्षण र साहित्य तर्फ लामो समय देखि कलम समेत चलाउँदै आएका छन् । उनको पहिलो कृति गौरब नेपाली भाषाको लेख संग्रह प्रकाशित गरेका थिए । उनले त्यसपछि क्रमश नेपाली तथा अवधी भाषाको कबिता संग्रह मेरा पुतलीहरु तथा चाँद के ओजरिया, नेपाली अवधी लोकगाँथाको अध्ययन तथा बिशेलेषण, जीवन वृत्तान्त अवधि भाषाको लेख प्रकाशन गरिसकेका छन् । उनी देउखुरी टुडे डटकमका बिशेष सल्लाहकार समेत हुन् ।


