दाङकाे लमहीमा फेरि गाेली चल्याे, एक जना घाइते, अनुसन्धान जारी



दाङकाे लमहीमा फेरि गाेली चल्याे, एक जना घाइते, अनुसन्धान जारी

देउखुरी २७ मंसिर । दाङकाे लमहीमा गाेली चलेकाे छ । लमही नगरपालिका वडा नम्बर ५ राताे डाडाँ स्थित राेयल प्यासेल हाेटलमा गाेली चल्दा हाेटलमा कार्यरत एकजना स्टाप घाइते भएका छन् ।

हाेटलमा शनिबार विहान ११:३० बजेकाे समयमा गाेली चलेकाे हाे । हाेटलबाट एक थान अवैध हतियार (पेस्तोल)बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अहिले हाेटललाई सिल गरेर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे