फोहोर व्यवस्थापन केन्द्रमा लागेकाे आगोबाट ७ वटा मेसिन र इन्टरलक जल्दा ६७ लाख बराबरको क्षति



फोहोर व्यवस्थापन केन्द्रमा लागेकाे आगोबाट ७ वटा मेसिन र इन्टरलक जल्दा ६७ लाख बराबरको क्षति

भालुवाङ २६ मंसिर । दाङको राप्ती गाउँपालिका-२ पुन्यपुरमा रहेकाे फाेहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भिषण आगलागी भएको छ । शुक्रबार बिहान देखि लागेको आगो विहान १०:३० बजे मात्र नियन्त्रणमा आएको छ । आगालागीका कारण एउटा ट्रस्ट भवन सहित ठुला साना मेसिन र टायल तथा इन्टरलक जलेर पूर्णरूपमा जलेर नष्ट हुँदा ६७ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालय भालवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।

आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर प्रयोग गरिएको थियोे भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूद्वारा आगो नियन्त्रणमा खटिएका थिए । आगो विधुत सर्ट भएर हो या कसैले आगो लगाएको हो भन्ने विषयमा अहिले सम्म पुष्टि हुन नसकेको प्रहरी निरिक्षक ऐरीले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकाले त्यहाँ फाेहर व्यवस्थापन गर्दै आएको थियाे । पछिल्लो समय फाेहर व्यवस्थापनमा स्थानीयहरुले अवराेध गर्दै आएका थिए । जसकाे कारणले गर्दा विवाद चुलिँदाे थियाे । व्यवस्थित रुपमा फाेहर व्यवस्थापन नगरेकाे स्थानीयकाे आराेप थियाे । वार्ताबाट निकास निकाल्न प्रयास थालिएको थियाे र केही हदसम्म सहमतिकाे वातावरण बनेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे