आदर्श नमुना मावि लालमटियामा रोटरीले बनाइदियो छात्रा शौचालय



आदर्श नमुना मावि लालमटियामा रोटरीले बनाइदियो छात्रा शौचालय

भालुवाङ २६ मंसिर । दाङको राप्ती गाउँपालिकामा रहेको रोटरी क्लव अफ राप्तीले वडा नं. २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा छात्रा शौचालय निमार्ण गरेको छ ।

शौचालय निर्माणमा डिष्ट्रिक ३२९२ बाट २ लाख रुपैयाँ, विद्यालयबाट १ लाख रुपैयाँ र रोटरी क्लव अफ राप्तीबाट १ लाख १४ हजार २८ रुपैयाँ गरी कुल ४ लाख १४ हजार २८ रुपैयाँ खर्च भएको रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले जानकारी दिएका छन् ।
यसै बीच सो छात्रा शौचालय शुक्रवार एक समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष गोपाल आचार्यले विद्यालयका सहायक प्रधानाध्यापक विष्णु पोख्रेललाई शौचालय हस्तान्तरण गर्नुभयो । रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यको अध्यक्षता एवम् रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर विरु राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि राउतले शौचालय सँगै विद्यालयको सरसफाइ व्यवस्थामा सुधार हुने गरी सेनेटरी प्याड डिस्पोजल मेसिनसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले छात्रा शौचालय निर्माण सहयोगका लागि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ प्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निवर्तमान अध्यक्ष तपराज आचार्य, निर्वाचित अध्यक्ष बसन्त गिरी, मोहन आचार्य, दोण प्रसाद आचार्य, अनिल केसी, अनिल पौडेल, कमल केसी, पीतम्बर रोकाया, भरतमणि न्यौपाने लगायतको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समिति सदस्य दासीराम आचार्य, शिक्षक अभिभावक संघका प्रतिनिधि, विद्यालयका सहायक प्रअ विष्णु पोख्रेल, शिक्षक–शिक्षिका, पत्रकारहरु ओमप्काश गुप्ता, बलराम शाही (भिसुन) र मुक्तिराम पौडेल तथा विद्यार्थीहरू समेत सहभागी भएका थिए । कार्यक्रम प्रस्तावित अध्यक्ष मोहन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दोर्णप्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे