देउखुरी पब्लिक स्कूलका ४६ जना खेलाडी विद्यार्थीहरु डबल प्रमोसन सहित ग्रेडेड हुन सफल



देउखुरी पब्लिक स्कूलका ४६ जना खेलाडी विद्यार्थीहरु डबल प्रमोसन सहित  ग्रेडेड हुन सफल

लमही २४ मंसिर । दाङ-देउखुरीकाे लमही नगरपालिका वडा नं ६ स्थित् देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।  स्कूलका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमानुसार देउखुरी पब्लिक स्कूल तेक्वान्दो डोजाङमा डबल प्रमोसन सहित ४६ जना खेलाडी विद्यार्थीहरु उक्त ग्रेडिङ कार्यक्रममा ग्रेडेड हुन सफल भएका छन् ।

कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, दाङ जिल्ला तेक्वान्दो संघका सल्लाहकार किरण पौडेल , दाङ जिल्ला तेक्वान्दो संघका सदस्यद्वय ऋषिराज चौधरी तथा बसन्ती चौधरी, प्रशिक्षक दिपक खड्का, अभिभावक, शिक्षक कर्मचारी लगायत खेलाडी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

स्कूलमा हाल दैनिक बेलुकी सत्र अन्तर्गत दुई सिफ्टमा तेक्वान्दो प्रशिक्षक कुबिर गिरीद्वारा नियमित तेक्वान्दो कक्षा सञ्चालन गरिएकाे छ।कार्यक्रमको सहजीकरण स्कूलका अतिरिक्त क्रियाकलाप समितिका सदस्य तथा मा.वि. शिक्षिका तुलसी खत्रीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे