तुलसीपुरमा ठक्कर दिएलगत्तै कुटपिट गरेर मोटरसाईकल चालक फरार



तुलसीपुरमा ठक्कर दिएलगत्तै कुटपिट गरेर मोटरसाईकल चालक फरार

तुलसीपुर २४ पुस । तुलसीपुरमा ठक्कर दिएलगत्तै कुटपिट गरेर मोटरसाईकल चालक भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरको रौनियार मेडिकल नजिकै अनटेष्ट मोटरसाईकललाई ठक्कर दिएको रा५प ३५ नम्बरको मोटरसाईक चालकले कुटपिट गरेर भागेको पिडित दगीशरण गाउँपालिका–१ बाँकी निबासी १८ बर्षका नारायण डाँगीले जानकारी दिए ।

घाइते भएका नारायण डाँगी र ३६ बर्षकी इन्द्रा डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्र दिएर कुटपिट गर्ने मोटरसाईकल चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे