राप्तीमा १ सय बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश, ६ नम्बर वडा कांग्रेसमय बन्दै
सिसहनियाँ २१ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ मा १ सय बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस राप्ती गाउँपालिका-६ वडा कमिटीले शनिबार राप्ती गाउँपालिका-६ पत्थरगढवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा साविकको नेकपा माओवादी केन्द्रका दिपक चाैधरी, नेकपा एकीकृत सामाजवादी पार्टीका मानबहादुर चाैधरी र नेकपा एमालेका बामदेव चाैधरीको नेतृत्वमा १ सय बढी नेता कार्यकर्ता ती पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चाैधरीले फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशले राप्ती गाउँपालिकाको वडा नम्बर ६ नेपाली कांग्रेसमै बन्न थालेको बताइएको छ । वडा सभापति खुरखुरी चाैधरीको अध्यक्षता एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चाैधरीको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको हो । सो अवसरमा संविधान सभा सदस्य सुशिला चाैधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति श्रीपत चाैधरी, प्रदेश सदस्य देवनारायण चाैधरी, महाधिवेशन प्रतिनिधि हरि प्रसाद भुसाल, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डे, क्षेत्रिय सदस्य सांसद अलि, जिल्ला सभापति शंकर प्रसाद डाँगी, राप्ती गाउँपालिका सभापति विद्याशरण चाैधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नवप्रवेशी दिपक चाैधरी लगायतका वक्ताहरूले आ- आफ्नो भनाई राखेका थिए । क्षेत्रिय प्रतिनिधि पुरन चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका सचिव तिर्थराज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

