प्यूठान मिठेआँपका दानबहादुर बिगत ६ बर्ष देखि क्यान्सर राेगले पिडित, ज्यान बचाईदिन अपिल



प्यूठान मिठेआँपका दानबहादुर बिगत ६ बर्ष देखि क्यान्सर राेगले पिडित, ज्यान बचाईदिन अपिल

प्यूठानकाे सरूमारानी गाउँपालिका-२, मिठेआँप निवासी ३१ बर्षीय दानबहादुर सारू बिगत ६ बर्ष देखि ब्रेन ट्युमर तथा क्यान्सर र कम्मर मुनिकाे भाग नचल्ने अवस्थामा थला पर्नु भएकाे छ । उहाँकाे श्रीमती, एक छाेरा र एक छाेरी रहेका छन् । भएका सम्पूर्ण जग्गा, जमिन तथा जायजेथा बेचेर उपचार गर्दा समेत उहाँकाे पूर्ण रूपमा उपचार हुन सकेकाे छैन । साथै थप उपचारका लागि करिब १५ लाख बढी आवश्यक रहेकाे हुँदा देश तथा विदेशमा रहनु भएका भगवानरूपी दाताहरूले उहाँकाे श्रीमती सपना सारूमगरकाे प्राइम कमर्सियल बैंक लिमिटेड बडडाँडा शाखा प्यूठानमा रहेकाे बैंक खाता नं 06801000000210801614 वा पहिलाे कमेन्टमा राखिएकाे क्युआरमा समेत सहयाेगका लागि हार्दिक अनुराेध गर्दछाैँ । साथै उहाँकाे बारेमा थप जानकारी लिनका लागि उहाँकी जीवन संगिनी सपना सारूमगरकाे सम्पर्क माेबाइल नम्बर 9803859856 सम्पर्क गरी बिस्तृत रूपमा जानकारी लिन सक्नु हुन्छ । यसैबीच क्यान्सर पिडित दानबहादुर सारूकाे निवास मिठेआँपमा पुगी देउखुरी टुडेका अध्यक्ष तथा प्रधान सम्पादक सन्ताेषकुमार गुप्ता र बिशेष सल्लाहक बिद एमसी सहितकाे टिमले स्थलगत रूपमा तयार पारेकाे याे हेर्नुस् सम्पादित पूरा भिडियाे ।।।

अब याे हेर्नुस् सम्पादित पुरा भिडियाे…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे