लुम्बिनी प्रदेशसभाकाे रिक्त सदस्यमा एमालेकी रेवती गुरुङ नियुक्त



लुम्बिनी प्रदेशसभाकाे रिक्त सदस्यमा एमालेकी रेवती गुरुङ नियुक्त

देउखुरी १६ मंसिर । लुम्बिनी प्रदेश सभा सदस्यमा नियुक्त रेवती गुरुङले पद तथा गोपनियताको शपथ लिएकी छिन् । सोमवार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिएकी हुन् । रुकुमबाट समानुपातिक तर्फ प्रदेश सभा सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त रहेको सदस्य पदमा एमालेकी रेवती गुरुङ नियुक्त भएकी हुन् । ।

निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार निधनका कारण रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी रेवती गुरुङलाई मनोनयन गरिएको हो ।
गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी रहेकी थिइन् र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले रिक्त पदमा नियुक्त हुन पाएकी छिन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गुरुङलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे