राजपुर–३ भैसहवाकी रक्षाकुमारी यादव २० वर्षकै उमेरमा प्रधानाध्यापककाे जिम्मेवारी



राजपुर–३ भैसहवाकी रक्षाकुमारी यादव २० वर्षकै उमेरमा प्रधानाध्यापककाे जिम्मेवारी

दाङ १६ मंसिर। दाङको राजपुर–३ भैसहवा निवासी रक्षाकुमारी यादव २० वर्षकै उमेरमा विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन्।  बबई गाउँपालिका -७ जलजला मलई दाङ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा उनले गत वर्ष देखिनै प्रधानाध्यापककाे  जिम्मेवारी वहन गर्दै अगाडि बढेकी छिन्।

उनको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ। धेरैले उनलाई ‘युवा नेतृत्वको उत्कृष्ट उदाहरण’ भन्दै बधाई तथा शुभकामना दिएको पाइन्छ। रक्षाकुमारी भन्छिन् “उमेर होइन, जिम्मेवारी र दृष्टिको महत्व हुन्छ। गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मेरो पहिलो लक्ष्य हो।” प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन्। उनलाई कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययनका लागि क्रियटिङ पोसिबिलिटिज नेपाल ( सिपि नेपाल) को विशेष सहयोग गरेको थियो। आज कम उमेरमा सफलताको शिखर चुम्दा सिपि नेपाल परिवार अत्यन्त खुसी भएर जनाएको छ।

गाउँमा एक युवा महिलाले यसरी नेतृत्व सम्हाल्नु स्वयंमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। अभिभावक तथा स्थानीयवासीहरूका अनुसार सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा शिक्षा क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच र सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे