सुन्डबरीका पौडेल परिवारद्धारा पितृहरुको संझनामा निलसागरमा नगद ५१ हजार बढी सहयोग
भालुवाङ १६ कार्तिक । दाङको लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी पौडेल परिवारले सोमवार राप्ती गाउँपालिका–८ कोहलुवा स्थित निलसागर सेवा आश्रममा नगद सहित खाद्यान्न, कपडा प्रदान गर्नुका साथै मिष्ठान्न भोजन खुवाएका छन् ।
पौडेल परिवार पितृहरुको संझनामा सोमवार आश्रममै पुगेर नगद ५१ हजार ५ सय सहित खाद्यान्न, कपडा प्रदान गर्नुका साथै मिष्ठान्न भोजन खुवाएका हुन् । स्व.आमा बिष्णुदेबी पौडेलको १३ औं दिनको पून्यतिथिको अवसर पारि स्व.प्रसाराम पौडेल, सितादेबी पौडेल, देबबहादुर पौडेलहरुको सम्झनामा आश्रमामा रहेका असहाय, बेसहारा, सडकसहयोगापेक्षी सडकमानव बुवा–आमाहरुसंग भेटघाट गरि खर्च व्यवस्थापनका लागि नगद सहित खाद्यान्न, कपडा, चिनी, तरकारी, फलफूल र मिष्ठान्न भोजन खुवाएको आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

