देउखुरी पब्लिक स्कूल लमहीमा कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत तालिम सुरु



देउखुरी पब्लिक स्कूल लमहीमा कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत तालिम सुरु

देउखुरी १५ मंसिर । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर २०८२ सालको स्पिरीट अनुरुप कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको लागि मङ्सिर १४ गतेदेखि -२५ गतेसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच बिधिवत रुपमा आइतबार उद्घाटन गरिएको हो ।

विद्यालयका परीक्षा समितिका संयोजक राम औतार चौधरीको अध्यक्षता तथा सो विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले समयको माग बमोजिम देउखुरी पब्लिक स्कुलले निरन्तर रुपमा विद्यार्थीहरुलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताए ।

त्यस्तै प्रधानाध्यापक केसीले स्कुलले पढाइ, खेलकुद,नृत्य लगायत बिबिध पक्षमा उत्कृष्ट नतिजा ल्याइरहेको र अहिले सबैको पहिलो रोजाइको स्कुल बन्दै गएको कुरा बताए । उक्त विद्यालयकी मावि शिक्षिका तुलसी खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्कुलका अतिरिक्त क्रियाकलाप समितिका प्रमुख कुबीर गिरीले गरेका थिए । तालिमको मूख्य प्रशिक्षकको रुपमा टिकाराम आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे