पुर्व सांसद गंगा थारु आफ्नै गाउँकै महिलाहरुबाट कुटिइन्



पुर्व सांसद गंगा थारु आफ्नै गाउँकै महिलाहरुबाट कुटिइन्

भालुवाङ १२ मंसिर । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

दाङको राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी, गायित्री चौधरी, चन्द्रमती चौधरी, सरस्वती चौधरी, अञ्जु चौधरी, छेदु चौधरी र राजकुमार चौधरीले आफुलाई लछारपछार गरेको आरोप उनले लगाएकी छिन् । आफू माथि हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छिन् ।

गंगाले भनिन्, ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीले भोली छलफलका लागि इलाका प्रहरी कार्यालय सिसहनियाँमा बोलाएको छ अवस्था हेरेर कानुनी प्रकृया अगाडी बढाउँछु उनले भनिन् ।’ यता गंगा थारुलाई हातपात तथा लछारपछार गर्ने महिलाहरुले भने पहिला गंगाले नै गायित्री चौधरीलाई थप्पड हानेपछि आफुहरुले हातपात गरेको बताएका छन् । जग्गाको सिमाना विवादमा गंगा र छिमेकी बीच विवाद भएको भएको थियो । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय रहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे