आशाका किरण संस्थाद्वारा भालुवाङ अस्पताललाई ३ वटा आइस प्याक बक्स हस्तान्तरण



आशाका किरण संस्थाद्वारा भालुवाङ अस्पताललाई ३ वटा आइस प्याक बक्स हस्तान्तरण

भालुवाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले बिहिवार भालुवाङ अस्पताललाई ३ वटा आइस प्याक बक्स हस्तान्तरण गरेको छ ।

रगतलाई सुरक्षित रूपमा भण्डारण तथा ढुवानी गर्न सहजहोस् भन्नका लागि उक्त आइस प्याक बक्स अस्पताललाई प्रदान गरिएको हो । भालुवाङ अस्पतालमा उक्त आइस प्याक बक्स नहुँदा बिरामीलाई तत्काल रगत दिन सकिएको थिएन । संस्थाका सल्लाहकार माधव खनालको पहलमा आएको आइस प्याक बक्स संस्थाका अध्यक्ष दिवस आचार्य र संस्थापक अध्यक्ष सूर्यकिरण केसीले भालुवाङ अस्पतालका इन्चार्ज तथा अर्थोपेडिक सर्जन डा. आकाश बेलबासेलाई हस्तान्तण गरेका हुन् । संस्थाले स्वास्थ्य सेवा सुदृढीकरणका लागि निरन्तर रूपमा सहयोग गर्दै आएको जनाएको छ । अस्पताल पक्षले पनि प्राप्त सहयोगले रक्त सेवा व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे