ऐरावती आदर्श क्याम्पसका विद्यार्थीहरूका लागि बुके बनाउने तालिम शुरु



ऐरावती आदर्श क्याम्पसका विद्यार्थीहरूका लागि बुके बनाउने तालिम शुरु

भालुवाङ १ मंसिर । दाङ—देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा विद्यार्थीहरूका लागि पाँच दिने फुलको बुके बनाउने तालिम आज सोमबार देखि शुरु भएको छ । क्याम्पसका स्ववियू सभापति बिनोद सोनीको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा तालिम शुरु भएको हो ।

तालिमको उद्धाटन गर्दै पालिका अध्यक्ष बिष्टले सिपलाई रोजगारी र अवसरका रुपमा लिनुपर्ने बताए । उनले यस्ता खाले सिप र तालिमबाट उद्यमी बनाउन सकिने बताउँदै अध्यक्ष बिष्टले युवा उद्यमी निर्माण गर्ने अपिभयानमा आफूलाई सरकारले दिने सुविधिा मध्ये एक लाख रुपैयाँ समेत सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उनले जस्तो सुकै सिपलाई इमान्दारिताका साथ निरन्तरता दिन सक्ने हो भने कुनैपनि नेपाली रोजगारका लागि विदेश पलायन हुनु नपर्ने तर्क गरे ।

यता स्ववियू सभापति सोनीले आफूहरु विद्यार्थीहरुलाई पढ्नेमा मात्र नभई सिप र रोजगारी संग जोड्ने गरी सिपमूलक तालिम आयोजना गरेको बताए । उहाँले सिप सिकेपछि सिपलाई निरन्तरता दिन आग्रह गरे । सभापति सोनीले पछिल्लो समय बुके तर्फ आम मानिसको आकर्षण बढेको चर्चा गर्दै व्यवसायिक बुके सञ्चालन गर्न आफूहरु लाग्ने बताए ।

 

तालिममा क्याम्पसको विभिन्न तह तथा श्रेणीमा अध्ययनरत करिब १ सय ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ, भने तालिमको प्रशिक्षकमा सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी नरेन भुजेल रहेकी छिन् । स्ववियूका कोषाध्यक्ष मन्दिप पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष केशबराज खनाल लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सञ्चालन स्ववियूका सह–सचिव चञ्चल सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे