राप्ती गाउँपालिकामा भोली देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै



राप्ती गाउँपालिकामा भोली देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा भोली कार्तिक २८ गते देखि पालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुन लागेको छ ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा श्री माध्यमिक विद्यालय मौरीघाटको आयोजनामा कार्तिक २८ गते देखि ३० गते सम्म तीन दिन खेल सञ्चालन हुने छ । गत वर्षको रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विजयी विद्यालयले अर्को वर्षको प्रतियोगिता आयोजना गर्ने परम्परा अनुसार यस वर्ष श्री माध्यमिक विद्यालय मौरीघाटले प्रतियोगिताको आयोजना गरेकोे राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् । विहान ११ बजे देखि सुरु हुने खेलको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारुले गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर चौधरीले जानकारी दिएका छन् । यसै बीच खेलकुद प्रतियोगिताकाे सम्पूर्ण तयारी समेत पुरा भएकाे अध्यक्ष चौधरीले बताएका छन् ।

गाउँपालिकाले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक क्षमताको विकासका साथै आपसी मेलमिलाप र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने अपेक्षा गरेको शाखा प्रमुख विकले बताए। प्रतियोगितामा गाउँपालिका अन्तर्गतका आधारभूतदेखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न खेल विधामा सहभागी गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे