भृकुटी महिला विकास सहकारीमा रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिती निबिरोध निर्वाचित



भृकुटी महिला विकास सहकारीमा रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिती निबिरोध निर्वाचित

भालुवाङ २३ कार्तिक । दाङ—देउखुरीको राप्ती गाउँपालिका—३, मसुरिया स्थित भिकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार संस्थाको कार्यालय परिसर मसुरियामा भएको २३ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनले मेनुकादेवी रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध निर्वाीचत भएको छ ।

नवनिर्वाचित कार्य समितीको उपाध्यक्षमा गौरा जैसी, सचिवमा शारदा भण्डारी, कोषाध्यक्षमा गोमाया केसी रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमित्रा खड्का, मालिका आचार्य, रामदुलारी चौधरी, सरिता चौधरी, यशोदा जिसी र सरस्वती पोख्रेल रहेका छन् । त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सोनु भण्डारी र सदस्यहरुमा उमा चौधरी र लिला खड्का निर्विरोध निर्वाचित भएका छन् ।

यस अघि करिब २० बर्ष देखि निरन्तर रुपमा लालमटियाकी हिमाली न्यौपानेले नेतृत्व गर्दै आएकी थिइन् । सहकारी ऐनले पनि अध्यक्ष हुन नमिल्ने र आफू स्वास्थ्यको दृष्टिकोणले अवस्थ रहेकोले अध्यक्ष पदबाट बिदा लिएको बताइएको छ । उनी वि.सं. २०५८ देखि संस्थाको अध्यक्ष पदमा रहेर नेतृत्व गर्दै आएकी थिइन् ।

संस्थाका अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले अब सहकारी संस्थाहरुलाई उत्पादन र उद्यम संग जोड्नुपर्ने बताएका छन् । उनले सहकारी संस्थाहरुले बचत र ऋणको कारोबार संगै हरेक सहकारीकर्मीलाई उत्पादन र उद्यमशिलता संग जोड्न सके मात्र गाउँपालिकालाई समृद्ध बनाउन सक्ने बताए । उनले उत्पादन र उद्यम उत्पादनका लागि कार्य गर्ने सहकारी संस्थाहरु संग स्थानीय सरकार हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

संस्थाकी व्यवस्थापक पश्मेवरी ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाकी सचिव गौरा जैसीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष शारदा भण्डारीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिकी संयोजक दया भण्डारीले दया भण्डारीले प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा गरी एक दर्जन बढीलाई सम्मान र ११ जना विद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप शैक्षिक सामाग्री समेत वितरण गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा असल बचतकर्ता तर्फ गिता शर्मा, श्यामकला कुमाल, राधा चौधरी, पुन्नी चौधरी, तारा भण्डारी, लक्ष्मीदेवी शर्मा र सितादेवि भुसाल रहेका छन् । यस्तै असल बाल बचतकर्ता तर्फ सुमित चौधरी तथा असल व्यवसायी तर्फ छवीदेवी रेग्मी, पवित्रा जैसी, उमा गुरुङ, शान्तिकुमारी कुमाल, शिरादेवी रेग्मीलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला, नगद र प्रमाण—पत्र सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीको रुपमा संस्थाकी व्यवस्थापक प्रमेश्वरी ज्ञवालीलाई नगद, दोसल्ला, प्रमाण—पत्र सहित सम्मान गरिएको थियो ।

यता कमला स्मृति कोषबाट ज्येष्ठ सदस्य रामकली चौधरी, आय आर्जन वृद्धिका लागि हिंसा पिडित उमा गिरी र बाल संरक्षण कोषबाट ११ जनालाई छात्रवृत्ति वितरण गरिएको संस्थाकी व्यवस्थापक प्रमेश्वरी ज्ञवालीले जानकारी दिइन् । सो अवसरमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, वार्ड नम्बर ३ की सदस्य चम्फा भुसाल र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी रेखा भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे