मृत्यु सँग लडिरहेका झागु दम्पती चिसो भुईमा सुत्न बाध्य : आशाका किरण संस्थाद्वारा सहयोग



मृत्यु सँग लडिरहेका झागु दम्पती चिसो भुईमा सुत्न बाध्य : आशाका किरण संस्थाद्वारा सहयोग

भालुवाङ १० कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका झागुप्रसाद चाैधरीका दम्पती चिसो भुईमा सुत्न बाध्य भएका छन् ।

विगत ३ वर्ष देखि प्यारालाइसिस भएर मृत्यु सँग लडिरहेका झागु सुत्ने खाट नहुँदा चिसो भुईमा सुत्न बाध्य छन् । प्यारालाइसिस भएर शरीर चल्न छ‍ोडेपछि झागु चिसो भुईमा रोग सँग लडिरहेका छन् भने उनको श्रीमती पनि त्यहि चिसो भुईमा सुतिरहेका छन् । रोगले थला परेका झागुलाई छोराबुहारीले उपचार गर्न छोडेपछि उनको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनी बोल्न त सक्छन् तर शरिरको कुनै भाग चल्दैन । दिसापिसाव समेत विस्तारामै हुन्छ । मर्नु न बाँच्नुको अवस्थामा रहेका झागुलाई उपचार गर्ने पैसा समेत छैन् । छोरा बुहारीले पालन पोषण र उपचार गर्न छोडेपछि उनको अवस्था अहिले निकै जटिल बन्दै गएको छ । ३ भाइ छोरा मध्ये १ भाइ लाटो छ भने २ भाइ छोरा अलग भएपछि घरमा अहिले झागुका दम्पती मात्र छन् ।

यसै बीच राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले उक्त परिवारलाई सोमबार खाद्य सामाग्री सहयोग गरेको छ ।
राप्ती गाउँपालिका-५ सिसहनियाँ घर भई हाल डेनमार्कमा रहनु भएका प्रमोद अधिकारीले पठाएको ५ हजार रूपैयाँले चालम, दाल, नुन, तेल, जुस, साबुन, बिस्कुट र डाइभर लगायतका सामाग्री राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको रोहबरमा संस्थाका अध्यक्ष दिवस आचार्य र संस्थापक अध्यक्ष सुर्यकिरण केसीले पिडितकी श्रीमती लैहा चाैधरीलाई हस्तान्तरण गर्नु भएको हो । साथै स्वास्थ्यकर्मी समेत रहनु भएका संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसीले बिरामीको स्वास्थ्य चेकजाँच समेत गर्नु भएको थियो ।

सो अवसरमा संस्थाका महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सदस्य सिर्जना खड्का, प्रेस संयोजक ओमप्रकाश गुप्ता, शिक्षक तथा संस्थाका शुभचिन्तक ईश्वर केसी लगायतको उपस्थिति रहेको थियो । सहयोग गर्न चाहानु हुनेले झागु प्रसाद चाैधरीको नेपाल बैंकमा रहेको खाता नम्बर २९३१०२०७७१८२०९०००००१ मा सहयोग गर्न उनका श्रीमती लैहा चाैधरीले सवैमा अपिल समेत गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे