तिहारकै दिन दुखद घटना : लमहीमा बसको ठक्करबाट एक वृद्वको मृत्यु
लमही ६ कार्तिक । दाङको देउखुरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । ठक्कर दिएर फरार रहेका बस र चालकलाई प्रहरीले सिसहनियाँबाट पक्राउ गरि नियन्त्रणमा लिएको छ। भने शवलाई पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
