देउखुरीको लालमटियाबाट झण्डै डेढ लाख रकम सहित १४ जुवाडे पक्राउ
भालुवाङ ४ कार्तिक । दाङको देउखुरीबाट १४ जना जुवाडे पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका-२ लालमटिया कालिकाचोक स्थित सचिन शाहको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङको गस्ती टोलीले गएराती ११:५० बजेको समयमा १ लाख ४९ हजार ७ सय ९५ रूपैयाँ, ३ गड्डी तास सहित १४ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरूलाई आज जिल्ला अदालत दाङबाट म्याद थपको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
