देउखुरीको सिसहनियाँ बजार नजिकै पिकप गाडीको ठक्करबाट गम्भीर घाइते गुप्ताको मृत्यु



देउखुरीको सिसहनियाँ बजार नजिकै पिकप गाडीको ठक्करबाट गम्भीर घाइते गुप्ताको मृत्यु

सिसहनियाँ ३ कार्तिक । दाङको देउखुरीमा पिकप गाडीको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-८ पिपरी निवासी सुभाषचन्द्र गुप्ताका ८१ वर्षिय आमा लतादेवी गुप्ताको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
आइतबार बेलुका ५:३० बजेको समयमा पुर्व देखि पश्चिम तर्फ जाँदै गरेको रा १ ज १५०४ नम्बरको पिकप गाडीले पैदल हिडिरहेकी गुप्तालाई राप्ती गाउँपालिका-८, सिसहनियाँ बजार नजिकै ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी गुप्तालाई राप्ती आधारभूत अस्पताल सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल स्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा गएराती ९:३० बजे निधन भएको प्रहरीले बताएको छ ।

<span;>ठक्कर दिने गाडी चालक गढवाका २७ वर्षिय चालक सरोज थापा र गाडीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे