रेडक्रस लमहीकी उपसभापति पुजा रिजालले निलसागरमा जन्म दिन मनाइन्



रेडक्रस लमहीकी उपसभापति पुजा रिजालले निलसागरमा जन्म दिन मनाइन्

देउखुरी २ कार्तिक । दाङको लमही नगरपालिका वडा नं.५ लमही निवासी रेडक्रस सोसाइटी उपशाखा लमहीकी उपसभापति पूजा शर्मा रिजालले आफ्नो ३७ औं जन्मदिन निलसागर सेवा आश्रममा मनाउनु भएको छ । रिजालले जन्म दिनका अवसरमा राप्ती गाउँपालिका-८ मिलनडाँडा कोहलुवामा रहेको आश्रममा रहेका सडक आश्रित मानवहरूलाई फलफूल वितरण गरेर जन्मदिन मनाइन् ।

जन्म दिनमा फजुल खर्च गर्नु भन्दा समाजिक कार्यमा खर्च गर्नु उचित हुने भएकाले आफुले आफ्नो जन्मदिनको अवसरमा आश्रममा फलफुल वितरण गरेको रिजालले बताइन् । साहारा नपाएका मानिसहरूको लागि आश्रम अभिभावक जस्तै भएको उनेले बताइन् । जन्मदिनको अवसरमा आश्रममा फलफूल वितरण गर्न पाउदा आफु निकै खुसी भएको पनि बताइन् । सडकमा रहेका असाहयलाई सहारा दिने उद्देश्यले खोलिएको आश्रममा पछिल्लो समय विभिन्न व्यक्तिहरूले सहयोग गर्दै आएका छन् । सो अवसरमा पुजाका श्रीमान् पवन शर्मा रिजाल, पत्रकारहरू ओमप्रकाश गुप्ता, शिवु खनाल लगायतले शुभकामना दिए । कार्यक्रमको सञ्चालन आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे