दाङको राप्तीमा पराल नजलाउन आग्रह गर्दै किसानका खेत–खेतमा कर्मचारी र प्रहरी
भालुवाङ २९ असाेज । दाङको राप्ती गाउँपालिकामा पराल नजलाउन आग्रह गर्दै कर्मचारी र प्रहरी किसानहरूका खेत–खेतमा पुगेका छन् । पराल जलाउँदा वायुमण्डल प्रदूषित भई जनस्वास्थ्यमा समस्या उत्पन्न हुने र माटोको उर्वराशक्ति नष्ट हुने भएकाले सचेतना अभियान स्वरुप राप्ती गाउँपालिकाले कर्मचारी र प्रहरी खटाएर माइकिङ गर्दै किसानहरुलाई सम्झाइ–बुझाइ गरेर परालमा आगो नलगाउन अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार पहिलो चरणमा कृषकहरूलाई सम्झाइ–बुझाइ गरेर परालमा आगो नलगाउन अनुरोध गरिने छ भने त्यसपछि पनि अटेरी गर्नेहरूलाई सम्बन्धित कानुन अनुसार कारबाही गरिने पालिकाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्

