रोटरी क्लव अफ राप्तीद्वारा भालुवाङमा खुल्ला रक्तदान : ३० युनिट रगत संकलन



रोटरी क्लव अफ राप्तीद्वारा भालुवाङमा खुल्ला रक्तदान : ३० युनिट रगत संकलन

भालुवाङ २५ असोज । दाङ देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकामा रहेको  रोटरी क्लव अफ राप्तीको आयोजना एवम् राप्ती गाउँपालिका र होटल पाैवाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमहीको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित ग्रिनपार्कमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा महिला, पुरूष गरि ३० जनाबाट ३० युनिट रगत संकलन भएकाे रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्रमुख प्राविधिक सिमा वलीले जानकारी दिएकी छिन् । शिविरमा रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख सिमा वली, प्राविधिकहरू इच्छा बुढामगर, झरना चाैधरीले सेवा दिएका थिए । क्लवका अध्यक्ष गोपाल आचार्यको अगुवाईमा रक्तदान कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे