देउखुरी टुडेका कार्यकारी सम्पादक गुप्ताले निलसागरमा फलफुल वितरण गरेर बनाए ३९ औँ जन्मोत्सव
देउखुरी २२ असाेज । दाङ सक्रिय पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३९ औँ जन्मउत्सव रचनात्मक कार्य गरेर मनाएका छन् । उनले आज बुधबार दाङकाे राप्ती गाउँपालिका-८, मिलनडाँडामा रहेको निलसागर सेवा आश्रममा आश्रित सडक मानवहरूलाई फलफूल र जुस वितरण गरेर मनाएका हुन् ।
गुप्ताले आश्रममा सडक आश्रित बुवा आमाहरू सँग आशिर्वाद लिनुका साथै आफ्नै हातबाट फलफूल तथा जुस बितरण गरेर जन्मउत्सव मनाएका छन् । आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले गुप्तालाई जन्म दिनको शुभकामना व्यक्त गर्दै आफ्नाे जन्मदिनमा आश्रममा आएर फलफूल वितरण गर्नु अत्यन्तै पबित्र कार्य भएकाे बताए । उनले पत्रकार गुप्ताबाट अरूले पनि पाठ सिक्न जरूरी रहेकाे समेत बताए ।

यस्तै पत्रकार गुप्ताका सराेदर कान्छाे भाई पत्रकार सन्ताेषकुमार गुप्ताले जन्मदिनमा अनावश्यक खर्च गर्नु नेपाली पराम्परा नभएकाे बताए । उनले पत्रकारिताकाे माध्यमबाट समाजमा सकरात्मक प्रभाब पारेकाे समेत चर्चा गरे । धन कमाउने भन्दा समाज परिवर्तनमा आफ्नाे दाईले पत्रकारिताकाे माध्यमबाट उल्लेखनीय याेगदान गरेकाे समेत चर्चा गरे ।
यस्तै पत्रकार ओमप्रकाश गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा असाहाय बेसाहराहरूलाई सहयोग गर्नु पुण्यको काम हुने बताए । पत्रकार गुप्ताले होटल तथा पाटी प्यालेसमा भोज भतेर गरेर फजुल खर्च नगरी जन्म दिनमा सामाजिक क्षेत्रमा रचनात्मक काम गरेर जन्म दिन मनाउन सुझाव दिए ।
पत्रकार गुप्ता करिब डेढ दशक देखि निरन्तर पत्रकारितामा क्रियाशिल रहेका छन्। उनी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य, राप्ती प्रेस मञ्चका महासचिव, देउखुरी टुडे डटकमकाे कार्यकारी सम्पादक, गणतन्त्र राष्ट्रिय दैनिक, बुद्ध टेलिभिजन, कामना डेली, तुलसीपुर खबर, रेडियाे प्रकृति एफएम र रेडियाे गुरूबाबामा कार्यरत रहेका छन् ।

उनले पत्रकारिता संगै शिवसवरी धाम धार्मिक केन्द्रकाे सह-सचिव, राप्ती चेम्बर अफ कर्मशकाे प्रेस सल्लाहकार र आसाका किरण संस्थाकाे प्रेस संयाेजक लगायत अन्य सामाजिक संघसंस्थाहरूमा विभिन्न पदीय जिम्मेवारीमा रहेका छन्।
गुप्ता वि.सं. २०४३ साल असाेज २२ गते बुवा जगप्रसाद गुप्ता र आमा कृष्णकुमारी भट्टराई गुप्ताकाे माइला सुपुत्रकाे रूपमा जन्म भएकाे थियाे । गुप्ताका एक दाजु, एक भाइ, श्रीमती र एक छाेरी समेत रहेका छन् ।

