वडा अध्यक्ष अधिकारीद्धारा जन्म दिनमा शैक्षिक सामाग्री वितरणका लागि नगद सहयोग
भालुवाङ १२ असाेज । दाङको गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले आफ्नो जन्म दिन फरक तरिकाले मनाएका छन् ।
वडा अध्यक्ष अधिकारीले आफ्नो ४० औं जन्म दिनका अवसरमा आफ्नै वडामा रहेको जनता माध्यमिक विद्यालय कालाकाटेमा अध्ययनरत गरिव तथा विपन्न ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरणका लागि नगद सहयोग गरेका छन् । वडा अध्यक्ष अधिकारीले दशै तिहारका कारण विद्यालय बन्द भएकोले विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्वासेलाई नगद ६ हजार रुपैयाँ शैक्षिक सामाग्री खरिदका लागि सहयोग गरेका हुन् । कक्षा १ देखि ३ सम्मका ती ६६ जना गरिव तथा विपन्न बालबालिकाहरुलाई पढाईमा सहयोग पुग्ने हिसावले नगद रकम सहयोग गरेका हुन् । यस अघि पनि वडा अध्यक्ष अधिकारीले आफ्नै वडा भित्रका गरिव तथा विपन्न नागरिकहरुलाई खाद्यन्न तथा कपडा सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्

