राष्ट्रपतिद्वारा ५ मन्त्री नियुक्त : सञ्चारमन्त्रीमा पत्रकार खरेल, ९ सदस्यीय मन्त्रिपरिषद् बन्यो
काठमाडौँ ५ असाेज । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले बतायो ।
राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् । यस अघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै ९ सदस्यीय बनेको हो।
प्रतिक्रिया दिनुहोस्

