यस वर्षको दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
काठमाण्डाै ३१ भदाै । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको सूचनामा उल्लेख छ । विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । असोज ६ गते घटस्थापना गर्न बिहान ९ बजेर १३ मिनेटमा साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
