नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण



नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित गृह मन्त्रालयको नवनिर्मित भवनमा आफ्नो पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी कार्कीले आज बिहान सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन् । सिंहदरबार भित्रको मुख्य भवन जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा प्रयोग अयोग्य बनेपछि हाल प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा स्थानान्तरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे