राप्तीका सामुदायिक तथा संस्थागत सवै विद्यालयहरू भोलीबाट सञ्चालनमा आउने
भालुवाङ २८ भदौ । दाङको राप्ती गाउँपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत सवै विद्यालयहरू भोली भदौ २९ गते आइतबारबाट सञ्चालनमा आउने भएका छन् ।
राप्ती गाउँपालिकाले शनिबार बेलुका सुचना प्रकाशन गरेर विद्यालयहरूलाई पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ । जेनजी आन्दोलनका कारण उत्पन्न असामान्य अवस्थाका कारण गत भदौ २४ गते देखि विद्यालयहरुमा पठनपाठन स्थगित गरिएकोमा हाल देशमा शान्ति सुव्यवस्था क्रमश सामान्य बन्दै गएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सेवा प्रवाह सम्बन्धि सूचना समेतकाे आधारमा राप्ती गाउँपालिकाले बन्द रहेका विद्यालय सञ्चालन गर्न सुचना मार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

