विभिन्न कारागारबाट भागेका १६ जना कैदीबन्दीहरू लमहीबाट पक्राउ
दाङ २८ भदौ । जेन-जी युवाहरूको तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट भागेका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमही दाङले पक्राउ गरेको छ।
बाल सुधार गृह नौवस्ता, बाँकेबाट ८ जना, तुलसीपुर कारागारबाट ५ जना, केन्द्रीय कारागारबाट भागेका २ जना र रुकुम पश्चिम कारागारबाट भागेका १ जना गरी कुल १६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका मध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्

