शिवसवरी धाममा नयाँ नेतृत्व : अध्यक्षमा मिश्रुलाल चौधरी निर्विरोध निर्वाचित
भालुवाङ २२ साउन । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती गाउँपालिका–५ पहरुवामा रहेको शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशन शनिवार धाम परिसरमा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्ष सहित सवै पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । जस अनुसार अध्यक्षमा मिश्रुलाल चौधरी, उपाध्यक्षमा हरिबहादुर बुढा क्षेत्री, सचिवमा राजेन्द्र चौधरी, सह–सचिवमा ओमप्रकाश गुप्ता, कोषाध्यक्षमा शिशिर चौधरी, सदस्यहरुमा शान्तिदेवी चौधरी र मोतीराम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सन्तोषकुमार गुप्ताले गोपनियताको सफथ ग्रहण गराउनुका साथै प्रमाण–पत्र समेत प्रदान गरेका थिए ।
धामका अध्यक्ष मिश्रुलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन सचिव राजेन्द्र चौधरी र आर्थिक प्रतिवेदन सल्लाहकार ओमप्रकाश गुप्ताले प्रस्तुती गरेका थिए । सभामा राप्ती गाउँपालिका गाउँकार्यपालिका सदस्य राजेन्द्र पुजाली, शिवसवरी धाम धार्मिक केन्द्रकी संरक्षक गुरु शिवलक्ष्मी चौधरी लगायतका वक्ताहरुले शुभकमना मन्तव्य व्यक्त गरेका थिए । धामकी आजीवन सदस्य शान्तिदेवी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ओमप्रकाश गुप्ताले गरेका थिए ।

