सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयलाई सकारात्मक रुपमा लिनुपर्छ : अध्यक्ष बिष्ट



सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयलाई सकारात्मक रुपमा लिनुपर्छ : अध्यक्ष बिष्ट

भालुवाङ १९ भदौ । नेपाल सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णयलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सकारात्मक रुपमा लिएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अनियन्त्रित प्रयोगले कार्यक्षमता घटाउने भएकाले बन्द हुदैमा खासै फरक नपर्ने धारणा राखेका हुन्। “कार्यालयमा सेवा लिन गएका बेला कार्यसमयमै मोबाइल चलाउने प्रवृत्ति बढ्दै गएको छ, यसले हाम्रो उत्पादकत्वमा प्रत्यक्ष असर पारिरहेको छ,” उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जाल नियमन भएमा युवापुस्ताले सिर्जनात्मक काम र शारीरिक श्रमतर्फ आकर्षित हुने विश्वास अध्यक्ष बिष्टले व्यक्त गरे। उनले विदेशी सामाजिक सञ्जाल प्रयोग गरेर पैसा बाहिर पठाउनुको सट्टा स्वदेशमै सफ्टवेयर, एप्लिकेशन र डिजिटल उत्पादन विकासमा लगानी गर्न सके रोजगारी सिर्जना र राष्ट्रिय आत्मनिर्भरता हासिल हुनेमा जोड दिए। “राम्रो कामलाई कहिलेकाहीँ राम्रो भन्न पनि सक्नुपर्छ,” अध्यक्ष बिष्टले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे