राष्ट्रिय जनमोर्चाले भदौ २६ गते देखि दाङका ६ वटा पालिकामा विरोध सभा र प्रशिक्षण कार्यक्रम चलाउने



राष्ट्रिय जनमोर्चाले भदौ २६ गते देखि दाङका ६ वटा पालिकामा विरोध सभा र प्रशिक्षण कार्यक्रम चलाउने

दाङ १७ भदौ । राष्ट्रिय जनमोर्चाले भदौ २६ गते देखि दाङका ६ वटा पालिकामा विरोध सभा गर्ने भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले समग्र सामाजिक, राजनीतिक अबस्था बारे गम्भीर समिक्षा गर्दै आगामी कार्यक्रमहरु तय गरेको छ । लिपुलेकको विषयमा भारत र चिनको नीति, बढ्दो भ्रष्टाचार र गणतन्त्रको रक्षाको लागि विरोध सभा कार्यक्रम आयोजना गर्न लागेको जिल्ला अध्यक्ष आचार्यले बताए । जस अनुसार भदौ २६ गते घोराहीमा, २७ गते तुलसीपुरमा, २९ गते गढवामा, ३० गते राप्तीमा, ३१ गते लमहीमा र असोज १ गते राजपुरमा विरोध सभा कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष आचार्यले बताए ।

साथै २ राजनीतिक आन्दोलनमा चरम निराशा , पलायन र अस्थिरता भैरहेको अवस्थालाई समेत ध्यानमा राखेर समसामयिक राजनीतिक अवस्थाको अबगत गराउने उदेश्य सहित प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम तुलसीपुरमा भदौ २७ गते, घोराहीमा भदौ २६ गते, लमहीमा भदौ ३१ गते, राप्तीमा भदौ ३० गते, गढवामा भदौ २९ गते र राजपुरमा असोज १ गते हुने अध्यक्ष आचार्यले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे