अटाेलाई ठक्कर दिएर फरार ट्याक्टर र चालक राप्तीकाे नयाँगाउँबाट प्रकाउ



अटाेलाई ठक्कर दिएर फरार ट्याक्टर र चालक राप्तीकाे नयाँगाउँबाट प्रकाउ

देउखुरी ९ भदाै । दाङ-देउखुरीकाे गढवा गाउँपालिका-३, धैरेनीमा आइतबार राती अटाेलाई ठक्कर दिएर फरार रहेका ट्याक्टर र ट्याक्टर चालकलाई सिसहनियाँ प्रहरीले राप्ती गाउँपालिका-४, नयाँगाउँबाट पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी बरिष्ठ नायब निरिक्षक रकमबहादुर खड्काकाे नेतृत्वमा सादा पाेशाकमा गएकाे प्रहरी टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गढवालाई बुझाएको छ ।

स्थानीयबासीकाे गाेप्य सुचनाकाे आधारमा अस्थाई प्रहरी पाेष्ट नर्तीका प्रहरी सहायक निरीक्षक मिलन घर्ती र सामाजिक अभियन्ता सम्साद अलिकाे विशेष सहयाेगमा नयाँगाउँमा लुकीछुपी बसेकाे अवस्थामा लुकाएर राखेकाे ट्याक्टर र चालकलाई पक्राउ  गरिएकाे प्रहरी बरिष्ठ नायब निरीक्षक खड्काले जानकारी दिए । ट्याक्टर चालक साेही ठाउँ निवासी पुरन चाैधरीकाे छाेरा बर्ष २२ का निरज चाैधरीलाई पक्राउ  गरिएकाे इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएकाे छ ।

आइतबार राती कालाकाटे- गढवा हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गइरहेकाे अटाेलाई पश्चिमबाट पूर्व तर्फ आइरहेको ट्याक्टरले ठक्कर दिएकाे थियाे । ट्याक्टरकाे ठक्करबाट अटाेमा सवार एक जनाकाे मृत्यु भएकाे छ, भने दुई जना गम्भीर घाइते भएका छन् । घाइते दुबै जनाकाे बुटवलमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे